काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो । एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।
एमालेले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको छ भने एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।
अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभई राष्ट्रपतिको मात्रै विषय भएकाले पार्टीले २५ गतेसम्म पर्खने निर्णय गरेको छ ।