images
images

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय


  • 243
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमाले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

    उनलेले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


    images
    images

    Logo