images
images

पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने काँग्रेसको निर्णय


  • 243
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

    काठमाडौं । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपति उमेदवारमा प्रस्ताव गरेका थिए ।

    शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् । 

    नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले गठवन्धनका सर्वसम्मत उम्मेदवारका रुपमा सवा २ बजे राष्ट्रपतिमा  मनोनयन दर्ता गर्ने निर्णय गरेको छन् । 


    images
    images

    Logo