images
images

एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक


  • 420
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक

    काठमाडौं ।  एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटहरुलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमका एक पाइलटले सात महिना अघि एयर होस्टेजलाई यौन दुर्ब्यवहार गरेको भन्दै उडानमा रोक लगाइएको हो।

    प्राधिकरणका अनुसार १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेपाल बायुसेवा निगमको उडान संख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।

    यस विषयमा उजुरी परेपछि प्राधिकरणले पाइलटहरुलाई उडानमा रोक लगाएको छ । सो उडानका सबै सदस्यहरुलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारी गराएको छ ।  प्राधिकरणले दुर्ब्यवहार गर्ने पाइलटको नाम भने गोप्य राखेको छ।

     


    images
    images

    Logo