images
images

पाँचथरमा आगलागीबाट दुई बालकको मृत्यु


  • 219
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    पाँचथरमा आगलागीबाट दुई बालकको मृत्यु

    काठमाडौं । पाँचथरमा आगलागी हुँदा २ जना बालको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो । परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आज दिउँसो अन्दाजी ४ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

    आगलागीमा मतान घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । आगलागीमा मतान घर पूर्णरूपमा जलेको छ । 

    आगलागीको कारण खुलेको छैन । मृतक फिदिम–५ का बालक मावली घर गएको बुझिएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । घटनाको विस्तृत विवरण आएको छैन । 

     

     


    images
    images

    Logo