images
images

क्रिकेटर लामिछानेलाई अन्तरिम आदेश दिन अस्वीकार


  • 280
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    क्रिकेटर लामिछानेलाई अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश खेल्न जानका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अन्तरिम आदेश नदिएर आगामी आइतबार लामिछानेका विषयमा सरकारी र लामिछानेको निवेदन एकै साथ पेस गर्न आदेश दिएको जानकारी दिए । 

    आदेशमा भनिएको छ, “उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको मागअनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन । उही एउटै मुद्दामा वादी प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको हुँदा दुवै निवेदनउपर एकै साथ सुनुवाइ हुन आवश्यक देखिन्छ ।”

    सर्वोच्च अदालतमा सन्दीप लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि  रहेको छ । आदेशमा आगामी हप्ता नै खेलिने अन्तर्राष्ट्रि«य क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदन उपरको सुनुवाइ ढिलाइ हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जानेसमेत देखिएको उल्लेख गरिएको छ । लामिछानेले विदेशमा खेल्न जान दिनुपर्ने माग राखी रिट दायर गरेका थिए ।

     


    images
    images

    Logo