तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो ।
आगलागीबाट १४ घर जलेर नष्ट भएको छ भने आगलागी अझै नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । दिउँसो गाँउ नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो ।