काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान रोक लगाएको छ । शुक्रबार अदालतले लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो। पेशी आइतबार तोकिएकोले लामिछाने शनिवार युएई जान नपाउने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन माग गरेकाे थियाे ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो।