काठमाडौं । आकस्मिक सार्वजनिक बिदामा बैंक बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सँस्थाका लागि निर्देशन जारी गर्दै नेपाल सरकारबाट घोषणा भएका आकस्मिक बिदाहरुको दिनमा अत्यावश्यक बैंकिङ सेवालाई सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तो दिनमा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंकिङ सेवा खुला हुनेछ । सो समयमा नगद, चेक क्लियरीङ, आरटीजीएस लगायत सेवाहरु उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।
यसअघि बिहिबार बसेको मन्त्रीपरिषद् वैठकले शनिबार बाहेकका सार्वजनिक बिदाका दिनहरुमा समेत अत्यावश्यक सरकारी सेवाहरु उपलब्ध गराउने निर्णय गरेको थियो ।