काठमाडौं । इन्टरनेट र टेलिफोनको तार ७ दिन भित्र हटाउने ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ । महानगरपालिले एक सुचना जारी गर्दै सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएकाे भन्दै तीनलाई सात दिनभित्र हटाउन भनेको हो ।
ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ । सूचनामा लेखिएको छ, ‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’
महानगरपालिकाका अनुसार महानगरको कार्यालय अगाडी ऐतिहासिक सम्पदा क्षेत्र तथा पयर्टन मागहरुमा राखिएका त्यस किसिमका तार तथा मुठाहरु यो सुचना प्रकासन भएको मितिले ७ दिन भित्र सम्वन्धित निकायहरुले आफैँ हटान भनिएको छ । तोकिएको समय भित्र नहटाए महानगले कारवाही गर्ने जनाएको छ ।




