images
images

मानव कल्याण समाजको छैठौं शाखा बाराको निजगढमा


  • 315
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    मानव कल्याण समाजको छैठौं शाखा बाराको निजगढमा


    काठमाडौं । सडक मानवलाई उद्धार गरेर समाजमा पुनःस्थापित गर्दै आएको मानव कल्याण समाजले बाराको निजगढमा शाखा बिस्तार गरेको छ । समाजले निजगढ नगरपालिकाको समन्वयमा निजगढमा छैटौ शाखा स्थापना गरेको हो । 

    समाजकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार, मानव कल्याण समाजको सेवालाई निजगढमा स्थाई रुपले सन्चालन गर्ने उदेश्यसहित शाखा स्थापना गरिएको हो । सो शाखाको एक समारोहका बीच निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले उद्घाटन गरेका थिए । 

    उद्घाटन् समारोहमा नगरपालिकाकी उपप्रमुख सोममाया थिङ तामाङ, १३ वडाका वडा अध्यक्ष, स्थानीय समाजसेवी, स्कुलका प्रतिनिधि, बिभिन्न संघ सस्थाका तथा सहकारीका प्रतिनिधि गरी करिव १ सय ५० जनाको सहभागिता रहेको थियो । शाखा सञ्चालनको अघिल्लो दिननै उपमेयर, नेपाल प्रहरी, वडाअध्यक्षको रोहबरमा ४ जना बेवारिसे सडक मानवको उद्दार गरि सेवा घरमा राखिएको थियो । 

    manab kaldan. 1jpg.jpg

    उद्घाटन समारोहमा सवारी साधनको अभावमा सेवा घरलाई वेवारिसेहरुको उद्दारमा समस्या नहोस भनेर नगर प्रमुख र उप प्रमुखले आफुहरु चढ्ने गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । शाखा सञ्चालनमा आउँनु अघिनै नगरपालिकाले मानव कल्याण समाजको स्थायी भवन निर्माणका लागि वडा नम्बर ४ चारघरे बाबा रामेश्वर शिव धाम परिशरमा ८ कट्ठा जग्गा उपलब्ध गराउने निर्णय नगर कार्यपालिका वैठकले गरिसकेको छ । 

    उद्घाटनका अवसरमा नगर प्रमुख, उप प्रमुख लागायतका जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट मानवीय सेवामा निभाउनुपर्ने जुनसुकै भुमिका निभाउन नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए । त्यसैगरी उपमेयर तामाङले आउदो चैत एक गते परेको आफ्नो जन्मोत्सव मानव सेवा घरकै आमा बुवासङ्ग मनाउने प्रतिबद्धता कार्यक्रममा जनाएकी थिइन ।

     


    images
    images

    Logo