काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बिहिवार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।