काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक समुहको नाममा रहेको कुल ४६ लाख ७४ हजार ३ सय ९६ कित्ता शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको न्युनतम शेयर मूल्य प्रतिकित्ता १ सय २३ रुपैयाँ तोकिएको छ । साथै सो शेयरमा आवेदन दिँदा लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई फागुन २६ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी आवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
कम्पनीले यस अघि पनि संस्थापक शेयरधनीका लागि विक्री खुला गरेको थियो सो समयभित्र पर्याप्त आवेदन नपरेकाले कम्पनीले पुनः बोलपत्र खुला गरेको हो ।