काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १२.५० प्रतिशत व्याजदरमा सो बचतपत्र विक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले फागुन १४ गतेदेखि ५ वर्षका लागि निष्कासन गरेको बचतपत्र २०८४ मा ६/६ महिनामा ब्याज भुक्तानी हुने जनाएको छ । उक्त बचतपत्रमा फागुन १४ गतेदेखि चैत ३ गतेसम्म इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिनेछ ।