images
images

२ बैंकको एकिकृत कारोबार आजदेखि, शेयर कारोबार रोक्का


  • 670
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    २ बैंकको एकिकृत कारोबार आजदेखि, शेयर कारोबार रोक्का

    काठमाडौं । आजदेखि २ वटा बैंकले एकिकृत कारोबार सुरु गर्ने भएका छन् । शुक्रवारदेखि  सिभिल बैंक र हिमालयन बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । 

    यी दुई बैंकबीच १००ः८१ को अनुपातमा मर्जपछि सिभिल बैंकका लगानीकर्ताले १ सय कित्ता शेयर बराबर  हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ ।सिभिल पूर्णरुपमा विलय हुने भएको छ । सो नामबाट बैंकको एकिकृत कारोबार आजबाट सुरु हुन लागेको बैंकले जनाएको छ । 

    नेपाल राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि ८ गतेदेखि ११ गतेसम्म बैंकको सम्पूर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द गरेका थिए। प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौमै रहने भएको छ । 

    प्राप्ति पछि बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ नाघ्नेछ । त्यस्तै निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ हुनेछ छ भने कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ नाघ्नेछ ।  एकीकृत कारोबार प्रयोजनका लागि सिभिल बैंककको शेयर कारोबार पनि बन्द भएको छ । 


    images
    images

    Logo