भक्तपुर । नेकपा (माओवादी केन्द्र) का महासचिव देब गुरुङले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन् । रफत सञ्चार क्लबले भक्तपुरमा बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाएका दलले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने बताए ।
सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भए पनि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल बिदेशीको क्रिडा स्थल बन्ने गुरूङको भनाइ थियो । सर्वमान्य, संविधानको रक्षक र गणतन्त्रको संरक्षकका साथै सबै दलले त्यतिकै मान्ने साझा व्यक्तीलाई राष्ट्रपचिमा चयन गर्नुपर्नेमा गुरुङको जोड थियो ।
बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरुको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने भएकाले सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने गुरुङको भनाई थियो । पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजना देखिएको स्मरण गराउँदै गुरुङले नेकपा ९एमाले० का केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले के संकेत गर्छ भन्दै प्रति प्रश्न गरे ।
रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ थियो ।
पूर्व राजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्य प्रती दलहरू सचेत हुनुपर्नेमा गुरूङले जोड दिए ।



