काठमाडौं । ट्राफिक प्रहरीले ललितपुर ग्वार्को चोकमा ओभरपास निमाणको सहजीकरणको लागि चक्रपथमा सवारी सञ्चालमा नयाँ नियम ल्याएको छ । अव चक्रपथमा सञ्चालिक सवारी साधनलाई पिक आवरको समयमा विहान ८ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मालवाहक ठूला तथा साना सवारी साधनहरूले बालकुमारी देखि ग्वार्को र सातदोवाटो देखि ग्वार्को सडक प्रयोग गर्ने नपाउने भएका छन् ।
त्यहाँ सञ्चालित सवारी साधनको लागि बैकल्पिक सडकको प्रयोग गर्न हुन गरेको छ । त्यस्तै, स्कुल बसहरू बिहान ०९ : ०० बजे भित्र ग्वार्को आइसक्नु पर्ने र ग्वार्कोबाट अपरान्ह ४ बजे भित्र बाहिरिनु पर्ने ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।
सडक विभागले ठेक्का लगाएपछि सडकमै काम सुरु भएको छ । त्यसले ट्राफिक व्यवस्थापन जटिल भएपछि विस्तारित रिंगरोडमा सवारी सञ्चाालनको नयाँ नियम ल्याइएको हो ।



