images
images

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा मर्जर प्रस्ताव पारित  


  • 409
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा मर्जर प्रस्ताव पारित  

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सगरमाथा इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको कम्पनीको १८ औं वार्षिक साधारणसभाले १००ः८० को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । 

    काठमाडौंको डिल्लीबजारस्थित एक ब्याङ्क्वेटमा बसेको सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ६.९९ प्रतिशत बोनस शेयर र कर बापत ०.३६७९ प्रतिशतले हुन आउने नगद लाभांश प्रस्ताव समेत पारित गरेको छ । 

    आजै बसेको सगरमाथा इन्स्योरेन्सको साधारणसभाले लुम्बिनीसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । सगरमाथाले गत आर्थिक वर्षको नाफाबाट १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

    मर्जरपछि बन्ने संस्थाको नाम संस्थाको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहनेगरी माघ १७ गते अन्तिम समझदारी भएको थियो । मर्जरपछि बन्ने संस्थामा दुबै संस्थाबाट ३÷३ जना सञ्चालकको प्रतिनिधित्व रहनेछ । प्रमुख कार्यकारी अधिकृत भने सगरमाथाका चंकी क्षेत्री रहनेछन् । 


    images
    images

    Logo