images
images

नेरुडे लघुवित्तले सीईओलाई दियो करिव ३३ लाख तलव भत्ता


  • 340
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    नेरुडे लघुवित्तले सीईओलाई दियो करिव ३३ लाख तलव भत्ता

    काठमाडौं ।  नेरुडे लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई करिव ३३ लाख रुपैयाँ तलव भत्ता दिएको छ । लघुवित्तल गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत ३२ लाख ९० हजार ७ सय २५ रुपैयाँ भुक्तानी गरेको हो ।

    कम्पनीले सीईओलाई तलब बापत १६ लाख २० हजार ९ सय ६७ रुपैयाँ, भत्ता बापत १० लाख ८० हजार ६ सय ४५ रुपैयाँ, कर्मचारी सञ्चय कोषमा थप १ लाख ६२ हजार ९६ रुपैयाँ, औषधि खर्च बापत १ लाख ५० हजार, दशैं खर्च बापत २ लाख ५० हजार र संचार तथा पत्रपत्रिका खर्च बापत २७ हजार १६ रुपैयाँ दिएको छ । 

    यस्तै कम्पनीले सञ्चालक समितिका लागि ८ लाख १९ हजार ५ सय रुपैयाँ भत्ता दिएको छ । कम्पनीले अध्यक्ष भेष प्रसाद धमलालाई १ लाख ३१ हजार भत्ता दिएको छ । जसमा १ लाख १ हजार भत्ता र ३० हजार पत्रपत्रिका तथा सञ्चार भत्ता रहेको छ ।

    सञ्चालक मणि कुमार अज्र्याललाई १ लाख १५ हजार ५ सय भत्ता दिएकामा बैठक भत्ता बापत ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार, सुरेन्द्रराज भट्टराईलाई १ लाख ११ हजार रुपैयाँ भुक्तानी गरिएको छ । 

    जसमा भत्ता बापत ८७ हजार र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार, वेदराज आचार्यलाई भत्ता बापत १ लाख १५ हजार ५ सय रुपैयाँ भुक्ताानी गरिएको छ । जसमा भत्ता मात्रै ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार रुपैयाँ दिएको छ । 

    यस्तै, सुलक्षण तिमिल्सिनालाई भत्ता बापत १ लाख १५ हजार ५ सय र भत्ता मात्रै ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत २४ हजार , सुधिर कुमार श्रेष्ठलाई १ लाख १५ हजार ५ सय भुक्तानी गरेकामा भत्ता मात्रै ९१ हजार ५ सय र पत्रपत्रिका तथा संचार खर्च बापत् १४ हजार रहेकाे छ  ।  बलराम बराललाई ६९ हजार ५ सय रुपैैयाँ भुक्तानी गरेकामा भत्ता मात्रै ५५ हजार ५ सय र पत्रपत्रिका तथा सञ्चार खर्च १४ हजार रुपैयाँ रहेकाे छ । 

     


    images
    images

    Logo