images
images

सूचना र तथ्याङ्क सुरक्षित बनाउन निर्देशन


  • 226
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    सूचना र तथ्याङ्क सुरक्षित बनाउन निर्देशन

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएमी छिन् । 

    नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याइन् । सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन् । 

    उनले सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनतालाई हुने लाभको लेखाजोखा गरेर यो प्रविधि सञ्चालन गरिनुपर्नेमा जोड दिए ।


    images
    images

    Logo