images
images

माघ महिनासम्ममा २१ हजार भन्दाबढी सवारी चालक प्रहरीको कारवाहीमा


  • 208
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    माघ महिनासम्ममा २१ हजार भन्दाबढी सवारी चालक प्रहरीको कारवाहीमा

    काठमाडौं । काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमा यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने २१ हजार ५ सय ८ जना चालकलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्म ढोका खुल्ला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार ६ सय २९ जना चालकहरू कारवाहीमा परेका हुन् । 

    जसमा साउन महिनामा २ हजार ६ सय ८३, भदौमा २ हजार ८ सय ७३,असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८ सय २६, मंसिरमा २ हजार ८ सय २६, पुसमा २ हजार ७ सय ३४ र माघ महिनामा १ हजार ९ सय ३८ जना चालक रहेका छन् । 

    काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार ढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारवाहीलाई तिव्रता दिइएका छन् । यस्तै, क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८ सय २ जना चालकलाई पनि कारवाही गरिएको छ । साउन महिनामा ७ सय ९, भदौमा १ हजार ३४, असोजमा ७ सय ४९, कार्तिकमा ७ सय ५९, मसिरमा ७ सय ५९, पुसमा १ हजार ११ र माघ महिनामा ७ सय ८१ जना चालकलाई कारवाही गरिएको हो । 

    त्यस्तै ७७ ओटा टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछी उनिहरूलाई कारवाही गरिएको हो । 

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दाबढी राखेर सवारी साधन चलाएमा र लापरवाहीका साथ सवारी साधन चलाएमा यातायात निरीक्षक तथा प्रहरीले तत्काल १५ सय रुपैँयासम्म जरिवाना गर्ने सक्ने व्यवस्था रहेको पनि उनले बताएका छन् । 


    images
    images

    Logo