काठमाडौं । ६ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिइएको छ । विहीबार संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले सूचना जारी गर्दै उक्त ९ कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पुल तथा सडकहरुको काम अलपत्र पारेको भन्दै ठेक्का तोडी कालोसूचीमा राख्ने तयारी थालिएको जनाएको छ। कार्यालयले उक्त ६ कम्पनीलाई ठेक्का किन नतोड्ने भनी ७ दिन भित्र लिखित स्पष्टीकरण बुझाउन पनि निर्देशन दिएको छ ।
कार्यालयका अनुसार हिम सगरमाथा / बी एण्ड बी/आर वन जेभीले महेन्द्र राजमार्ग र कोशी राजमार्गमा पर्ने पुल तथा सडकको काम अलपत्र पारेको छ। यस्तै स्काई/वाइबा एण्ड लामा/मा जानकी जेभीले पनि अल्ताई होली पुल निर्माण गर्ने काम अलपत्र पारेको कार्यालयले जनाएको छ।
यसैगरी निलगिरी/ महाबिर जेभीले टेङ्ग्रा खोला पुल, थालाहा खोला पुलको काम निलगिरी निर्माण सेवाले सम्पन्न गर्न सकेको छैन्। शंकरमलिर किरातेश्वरले पनि टेङ्ग्रा खोला पुलको काम अलपत्र पारेका छन्। यस्तै सीएम/ रमिता/शिभ जेभीले सडक निर्माणको काम अलपत्र पारेको छ।
कार्यालयले यी निर्माण व्यवसायीलाई पटकपटक मौखिक तथा लिखित पत्र पठाउँदा समेत ती निर्माण कम्पनीले कार्यालयको पत्रलाई बेवास्ता गर्दै आइरहेका थिए। यसका साथै ती निर्माण कम्पनीहरुले निर्माणको काम सम्पन्न गर्न ताकेता नदेखाएको कारण कार्यालयले निर्माण कम्पनीसँग ठेक्का तोड्न र कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइएको जनाएको छ।



