images
images

भक्तपुरका तीन कुखुरा फार्ममा बर्डफ्लु, दश हजार कुखुरा नष्ट


  • 237
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    भक्तपुरका तीन कुखुरा फार्ममा बर्डफ्लु, दश हजार कुखुरा नष्ट

    भक्तपुर । भक्तपुरका दुईवटा  तीनवटा कुखुरा फार्ममा बर्डफ्लु देखिएको छ । बर्डफ्लु देखिएका फार्ममा पालिएका हजारौं कुखुरा बुधवार नष्ट गरिएको छ ।

    जिल्लाको चाँगुनारायण नगरपालिका वडा न. ८ सुडाल रातोपाटीस्थित कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो । त्यहाँस्थित पोल्टी एण्ड ह्याचरी उद्योग प्रा।लि।, अर्जुन गिरी पोल्टी फर्म र आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको प्रहरीले जनाएको छ । ती स्थानमा रहेका १० हजार ४ सय ८० कुखुरा, १ हजार ५० चल्ला, १ हजार ४ सय ७५ केजी दाना  र ४ हजार ५ सय २३ वटा अण्डा नष्ट गरिएको जनाएको छ । 

     पशु चिकित्सकको टोली, स्थानीय जन प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्तिथिमा कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo