काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा कित्ताकाट खुलेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ। विभागका अनुसार ती स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका हुन्। अन्य विधामा भने छुट्याउन बाँकी छ। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ।
विभागका अनुसार ती स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका हुन्। अन्य विधामा भने छुट्याउन बाँकी छ। सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार हालसम्म विभागमा करिब १ सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको छ ।



