काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स आजबाट ३५ वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । २०४४ फागुन १० गते स्थापना भएको सो कम्पनी आजबाट ३६ औं वर्षमा प्रवेश गरेको हो ।
वार्षिक उत्सवका अवसरमा कम्पनीले रक्तदान, वृद्धाश्रममा खानेकुरा खुवाउने र विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको थियो ।
कम्पनीमा संस्थापक समूह र सर्वसाधारण समूहको पुँजी ५५ः४५ को अनुपातमा रहेको छ । जीवन बिमा कोषमा ५६ अर्ब रुपैयाँ जम्मा भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको जनाइएको छ ।
स्थापनाकालदेखि पुस मसान्तसम्म कम्पनीले बीमाशूल्क आम्दानी ८५ अर्ब १ करोड रुपैयाँ, बिमालेख जारी ३८ लाख ६० हजार रुपैयाँ र २९ अर्ब ६० करोड रुपैयाँ बराबर बीमा दावी भुक्तानी गरेको छ ।
३६ वर्षमा टेक्दा सम्म कम्पनीका १ सय १७ शाखा कार्यालय रहेका छन् । कम्पनीमा ४ सय ६० जना कर्मचारी र १ लाख भन्दा बढी अभिकर्ता रहेको कम्पनीले उल्लेख गरेको छ ।



