images
images

राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक 


  • 387
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक 

    काठमाडौं । राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि नामावली सार्वजनिक गरेको हो । 

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८ सय ८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जनाको नाम समावेश गरेको छ । राष्ट्रपति निर्वाचनको लागि संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउनेछन् । 

    राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

     


    images
    images

    Logo