images
images

नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्बसाधारणले पनि आवेदन दिन सक्ने


  • 300
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्बसाधारणले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी कम्पनीको नाममा रहेको ३ लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    उक्त संस्थापक शेयरको न्युनतम मूल्य ४ सय ७५ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिदका लागि लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा गोप्य शिलबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 


    images
    images

    Logo