काठमाडौं । नवलपरासी सुस्ता गाउँपालिका २ बस्ने एक जना महिलाले आफ्ना दुई बच्चासहित नहरमा हाम्फालेकी छिन् । प्रतिमा थारु नाम भएकी उक्त महिलाले ९ र ७ वर्षका बच्चा लिई गण्डक नहरमा हाम फालेकी हुन् ।
पानीमा हामफालेको खबर आउनासाथ ७ जनाको टोली खोजिकार्यका लागि खटिएको तर शरीर फेला नपरेकोकोे प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिएका छन् ।
थारुको मानसिक स्थिति सामान्य नरहेको प्रहरीले जनाएका छन् । उनको श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका र उनी सासु सँग बस्ने गरेकी थिइन् । पानीमा हाम्फाल्नुको कारण यतिन्जेल पत्ता नलागेको प्रहरीले जनाएको छ ।