images
images

ब्याजदर बुझेर मात्रै कर्जा लिन राष्ट्र बैंकको आग्रह 


  • 236
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    ब्याजदर बुझेर मात्रै कर्जा लिन राष्ट्र बैंकको आग्रह 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा व्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर लिन आग्रह गरेको छ । बैंकले मंगलबार एक सुचना जारी गर्दै कर्जा लिँदा व्याजदर निर्धारण र व्याजर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा लिन आग्रह गरेको हो । 

    ेनिश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ । केन्द्रीय बैंकले व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको समेत जानकारी गराएको छ ।

    ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

    पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको चर्कोे ब्याजदरको बिरोध बढ्न थालेपछि राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।

    332140437_597082805173235_3048993781772595876_n.jpg

      


    images
    images

    Logo