काठमाडौं । नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी परमात्मा भट्टराईले पाएका छन् । प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा उपप्रबन्धकको पदमा कार्यरत भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी तोकिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।