images
images

ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३ सय १४ चालक कारबाहीमा


  • 237
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३ सय १४ चालक कारबाहीमा

    काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३ सय ९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३ सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो ।

     कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले  सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा ३ हजार २ सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका १ हजार २२ गरी ४ हजार ३ सय १४ जनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिए ।

    कार्यालयका अनुसार साउनमा ३ सय ४१, भदौमा ६ सय ८०, असोजमा ४ सय ८२, कात्तिकमा ३ सय ६६, मङ्सिरमा ६ सय ६२, पुसमा ९ सय २५, माघमा ८ सय १४ र फागुनमा ४४ चालकलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रवक्ता भट्टले बताए ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् । 

    ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन २०७४ साल बाट सिसीटिभी  र २०७५ साल बाट ‘सर्भिलेन्स भेहिकल’ द्वारा निगरानी गर्दै आएको छ । 


    images
    images

    Logo