काठमाडौं । सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले रहेको संस्थापक शेयरधनी सुमन राज प्याकुरेलको नाममा रहेको १ लाख ३४ हजार ७ सय ९४ कित्ता संस्थापक शेयरको लागि आवेदन माग गरेको हो । सो शेयर सर्वसाधारणले पनि किन्न पाउने बैंकले जनाइएको छ ।
यसभन्दा पहिले संस्थापकलाई विक्री गर्दा कुल ३ लाख ३८ हजार ९ सय ३० कित्तामा बाँकी रहेको १ लाख ३४ हजार ७ सय ९४ कित्ता शेयरको लागि आवेदन माग गरेको बैंकले जनाएको छ । उक्त शेयर किन्न इच्छुक व्यक्तिले सुचना प्रकासन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नाराहीटिपथमा निवेदन दिनुपर्नेछ ।