images
images

ट्वीटरपछि फेसबूकले पनि सुरु गर्यो पैसा तिरेर ब्लू टिक लिने व्यवस्था 


  • 294
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    ट्वीटरपछि फेसबूकले पनि सुरु गर्यो पैसा तिरेर ब्लू टिक लिने व्यवस्था 

    इन्स्टाग्राम र फेसबूकका सामान्य प्रयोगकर्ताहरुले पनि अब आफ्नो खाता प्रमाणीकरण गर्न सक्ने भएका छन् । मेटा कम्पनीले पैसा तिरेर ब्लू टिक प्राप्त गर्न सकिने घोषणा गरेपछि अष्ट्रेलिया र न्यूजील्याण्डमा यही हप्ताबाटै सो सेवा सुरु हुन लागेको हो । प्रमाणीकरणको लागि वेब प्रयोगकर्ताले मासिक ११.९९ डलर र आइफोन प्रयोगकर्ताहरुले १४.९९ डलर रकम तिर्नपर्ने हुन्छ ।

    उक्त कदमले सामाजिक सञ्जालका एपहरुमा सुरक्षा र प्रमाणीकतामा सुधार आउने मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग बताउँछन् । ट्विटरका मालिक एलोन मस्कले नोभेम्बर २०२२ मा प्रिमियम ब्लू सब्स्कृप्सन लागू गरेपछि मेटा कम्पनीले पनि यो व्यवस्था ल्याएको हो । 

    व्यवसायका लागि अझैसम्म पनि मेटाको सशुल्क सदस्यता सेवा उपलब्ध छैन । तर कुनै पनि मानिसले निश्चित रकम तिरेर खाता प्रमाणिकरण गर्न सक्नेछ । उच्च प्रोफाइलका व्यक्तिहरुको खाता प्रामाणिकता संकेतका लागि ब्याजहरु वा ‘ब्लू टिक’ प्रयोग गर्ने गरिएको छ । 

    सब्स्कृप्सनले ‘ब्लू टिक’ पाउनुको साथसाथै पोष्टको दृष्यतामा समेत वृद्धि हुनेछ । मेटाले आफ्नो वेबसाइटमा जानकारी दिए अनुसार नक्कल गर्नेहरुबाट सुरक्षित बनाउन र ग्राहक सेवामा सहज पहँुच बनाउन समेत उक्त सब्स्कृप्सनले सहयोग गर्नेछ । पहिले नै प्रमाणित भइसकेको खातालाई उक्त कदमले असर नपार्ने तर केही साना नया प्रयोगकर्ताको दृष्यतामा भने वृद्धि हुने मेटाले जनाएको छ ।  

    पैसा तिरेका प्रयोगकर्तालाई निलो टिकमा पहुँच दिँदा पहिले अन्य सामाजिक मिडिया प्लेटफर्महरुको लागि समस्या भएको थियो । मानिसहरुले ब्याजको लागि रकम तिरेर ठूला ब्रान्डहरु र सेलिब्रेटीहरुको नक्कल गर्न थालेपछि ट्वीटरले सो सेवा बन्द गरेको थियो । 

    मेटाका अनुसार इन्स्टाग्राम र फेसबूक प्रयोगकर्ताको खाता प्रमाणित विना आधार भने गरिने छैन । सरकारले प्रदान गरेको आईडी कागजात सँग नाम मिलेको खण्डमा मात्र खाता प्रमाणित हुनेछ । र प्रोफाइलमा प्रयोगकर्ताको अनुहार समावेश भएको तस्वीर हुनुपर्नेछ । 

    रेडिट, यूट्युब, डिस्कर्ड जस्ता वेबसाइटहरुले पनि सदस्यता आधारित मोडेलहरु प्रयोग गर्छन् । 

    जुकर्बगले एक पोस्टमा यो सुविधा चाँडै लागु हुनेछ भनेका भएतापनि अस्ट्रेलिया र न्यूजिल्याण्ड बाहेकका अरु देशमा यो सेवा कहिलेबाट लागु गरिने भन्ने आधिकारीक जानकारी दिइएको छैन । 

    कोभिड महामारीको समयमा अत्याधिक लगानी गरेका कारण मेटा कम्पनीले नोबेम्बरमा ११ हजार कर्मचारी हटाउने घोषणा गरेको थियो ।  महामारीको समयमा भएको कम्पनीको वृद्धिलाई आधार मानेर लगानी गरिएको तर महामारी सकिएपछि अपेक्षा अनुसारको परिणाम नआएको जुकरबर्ग बताउँछन् ।  धेरै मानिसहरुले यो एक स्थायी प्रवेग हुने भविष्यवाणी गरेका र त्यसै सोचेर आफूले पनि लगानीलाई उल्लेखनीय रुपमा बढाउने निर्णय गरेको जुकरबर्गले पोस्टका मार्फत बताए । उनको सो निर्णय गलत हुन गएको र जिम्मेवारी समेत आफैँ लिने उनले बताए । 

     


    images
    images

    Logo