images
images

दुई बैंकको बैकिङ् कारोबार आजबाट ३ दिनको लागि बन्द, यस्तो छ कारण 


  • 295
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    दुई बैंकको बैकिङ् कारोबार आजबाट ३ दिनको लागि बन्द, यस्तो छ कारण 

    काठमाडौं । हिमालयन र सिभिल बैंकको बैकिङ् कारोबार आजबाट ७ दिनको लागि बन्द हुने भएको छ । दुवै बैंक मर्ज भएपछि फागुन १२ गतेबाट एकीकृत कारोबार गर्ने भएपछि दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि आजदेखि सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् ।

    सिभिल बैंकका सम्पूर्ण सेवा फागुन ८ (आज) देखि ११ गतेसम्म ४ दिन बन्द गरेको छ । त्यस्तै, हिमालयनले आज (दिवा सेवा संचालन हुने) बेलुकादेखि ११ गतेसम्म सबै सेवा बन्द गर्ने भएको हो ।

    सो अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्टमार्फत हुने रेमिटेन्स सेवा भने यथावत सञ्चालनमा रहने बैंकले बताएको छ।

    दुई बैंक मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००ः८०.२८ सेयर अनुपातमा मर्जर हुनलागेका हुन् । यसअघि दुबै बैंकका साधारण सभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ। 

    मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ भने मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् ।

     




    images
    images

    Logo