काठमाडौं । नेपाल खुला विश्वविद्यालयको ३ वटा डिन पदको लागि आवेदन खुला गरेको छ । खुला विश्वविद्यालयको सिफारिस समितिले ३ वटा डिए पदको लागि आवेदन माग गरेको हो । रिक्त रहको सामाजिक शास्त्र शिक्षा संकाय, व्यवस्थापन तथा कानुन संकाय र विज्ञान, स्वास्थ्थ तथा प्राविधिक संकायको लागि आवेदन माग गरेको हो ।
त्यस्तै खुला विश्वविद्यालय व्यवस्थापन बुझेको आधारसहितको विवरण, आवेदन दिएको संकायको डिन पदमा नियुक्त भएमा ५४ वर्ष कार्यकालमा गर्ने प्राज्ञिक र वित्तीय व्यवस्थापन एवं संस्थागत विकासको योजना २५०० देखि ३००० शब्दसम्ममा लेखेर पनि पेश गर्नुपर्नेछ ।
उक्त पदको लागि आवेदन दिन इच्छुक व्यक्तिले सुचना सार्वजनिक भएको ७ दिन भित्र विश्वविद्यालयबाट गठित सिफारिस समितिको कार्यालयमा आवेदन दिनसक्ने छन् । आवेदन दिन इच्छुक व्यक्तिले प्रत्यक्ष रुपमा उपथिति भइ सिलबन्दी गरिएको खामबन्दीमा आवेदन दिनसक्नेछन् ।



