काठमाडौं । सांसद अरुण चौधरी रिहा भएका छन् । कैलाली कारागारमा रहेका चौधरी प्रजातन्त्र दिवसका अवसरमा कैद मिनाहा भएपछि आइतबार छुटेका हुन्।
कैलालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टीका सचेतक समेत हुन् । सांसद चौधरी दुई साताअघि पक्राउपछि निलम्बनमा परेका थिए। रिहाई भएसँगै चौधरीलाई स्वागत गर्न नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठसहित समर्थक कारागार पुगेका थिए।
चौधरी माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही आदेशअनुसार उनी माघ २० गते जेल चलान भएका थिए।