काठमाडौं । समीट लघुवित्तको संस्थापक शेयर विक्रिमा रहेको छ । लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको ८४ हजार ९ सय कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा निवेदन पेश गर्न लघुवित्तले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा लघुवित्तले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।