images
images

टर्कीमा भूकम्प गएको १३ दिनपछि ३ जनाको जीवितै उद्धार


  • 369
    SHARES
  • २०७९ फाल्गुण ६ गते शनिबार

    टर्कीमा भूकम्प गएको १३ दिनपछि ३ जनाको जीवितै उद्धार

    टर्की । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट १ बालकसहित ३ जनालाई जीवितै उद्धार गर्न सफल भएका छन् । 

    एनटिभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिहरूलाई स्ट्रेचरमा राखेको तस्बिरहरू प्रसारण गरेको छ । गत फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ भने लाखौं मानिस सुरक्षित आवासविहीन भएका छन् ।

    चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले हप्ताभरि नै जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्, तर पछिल्ला केही दिनहरूमा उनीहरूको सङ्ख्या थोरैमा झरेको छ ।टर्कीका उद्धारकर्ताले शुक्रबार १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।

    उद्धार गरिएकामध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चिसो मौसम र लामो समय भग्नाबशेष हटाउन नसक्दा बाँकी व्यक्तिलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बनेपनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीब्रता दिइरहेका टर्कीका अधिकारीहरूले बताएका छन् । 
    .


    images
    images

    Logo