images
images

तेस्रो राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन सम्पन्न  


  • 296
    SHARES
  • २०७९ फाल्गुण ६ गते शनिबार

    तेस्रो राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन सम्पन्न  

    काठमाडौं । तेस्रो राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन आज काठमाडौंमा सम्पन्न  भएको छ । फागुन ३ गतेबाट  शुरु भएको ३ दिवशिय राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन २०७९  जनता, पृथ्वी र समृद्धिका लागि सामाजिक उद्यमशिलतामैत्री प्रणालीको स्थापना गरौं भन्ने नाराका साथ आज सम्पन्न गरिएको हो ।

    भूमि व्यवस्था, सहकारी  तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले उक्त कार्यक्रम उद्घाटन गरेका थिए ।  सो कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा एमालेका नेता पार्वत गुरुङ्ग, नेपाली कांग्रेसका केन्द्रिय सदस्य नइन सिंह महर, राष्ट्रिय योजना आयोगको माननीय सदस्य डा संगिता सिंह, गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, अन्तराष्ट्रिय गैर सरकारी संघका अध्यक्ष भगवान श्रेष्ठ तथा सामाजिक उद्यमीहरुले सामाजिक उद्यमशिलताको महत्वका बारेमा मन्तब्य राखेका थिए ।

    कार्यक्रमको अध्यक्षता  सामाजिक उद्यमी मञ्चका संयोजक अर्जुन भट्टराईले गरेका थिए । सम्मेलनको मुख्य उद्धेश्यहरु सामाजिक उद्यमशिलाको बर्तमान अवस्था, नतिगत र कानुनी चूनौती बारेमा छलफल गरि आगामी दिनका लागि रणनीति तय गर्ने, सामाजिक उद्यमशिलताका बारेमा सचेतना बृद्धि गर्न, सामाजिक  उद्यमशिलता प्रवद्र्धनका लागि सहकार्य बृद्धि गर्ने रहेको थियो ।

    सम्मेलनको शुरुवात फागुन ३ गते  शैक्षिक क्षेत्र र सामाजिक उद्यमशिलत छलफल अन्र्तक्रिया, विभिन्न क्याम्पसका कादम्वरी विद्यार्थी र शिक्षकहरुसँग छलफल तथा परामर्श गरिएको थियो ।   फागुन ४ गते सामाजिक उद्यमीहरुसँग भेघाट र परामर्श  आयोजना गरिएको थियो भने फागुन ५ गते  राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको आयोजना गरिएको हो । 

    पहिलो  शत्रमा नितिगत बहस र पैरवी भएको छ भने दोस्रो सत्रमा विभिन्न विषयगत प्रस्तृति रहेको थियो ।


    images
    images

    Logo