images
images

शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा ६ जनाको मृत्यु


  • 292
    SHARES
  • २०७९ फाल्गुण ६ गते शनिबार

    शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा ६ जनाको मृत्यु

    मिस्सिसीपी । मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा ६ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ।

    घटनामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको पनि स्थानीय अधिकारीले बताएका छन् ।  सो घटना अर्काबुतला समुदायमा भएको थियो ।  टेट काउन्टी शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो।

    त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको  र उनका श्रीमान् पनि घाइते भएको पाइएको छ । अर्काबुतला बाँध रोडमा एक सवारी साधनभित्र संदिग्ध व्यक्ति देकिएपछि टेट काउन्टीका प्रतिनिधिहरूले उनलाई नियन्त्रणमा लिएका छन् । 

    उनको गिरफ्तारीपछि मारिएका थप अन्य चार व्यक्तिहरू फेला परेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गर्नु भएको छ । 

    साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानूनमा सुधारको आवश्यकता समेत औल्याएका छन् । घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ । 

     


    images
    images

    Logo