काठमाडौं । नेपाल प्रहरीका ५ प्रहरी निरीक्षक काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ५ जना प्रहरी निरीक्षकहरुको काज सरुवा गरिएको जनाएको छ ।
सरुवा सुचीअनुसार भुपेन्द्र गिरीलाई प्रहरी वृत्त बालाजmु काठमाडौंमा काज खटाइएको छ । त्यस्तै, बेद वहादुर पौडेललाई प्रहरी वृत्त लैनचौर, काठमाडौंमा काज खटाइएको छ ।
त्यस्तै, देउ प्रसाद लिम्वुलाई काठमाडौं उपत्यका सहस्त्र प्रहरी गण नं.२ महाराजगंजमा काज खटाइएको छ भने द्रेवन्द्र कुमार मल्ललाई प्रहरी वृत्त दरवारमार्ग, काठमाडौंमा काज खटाइएको छ । राविज श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी विशेष सुरक्षा गण त्रिपुरेश्पर काठमाडौंमा काज खटाइएको छ ।
