काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा तीलगंगा–गौशाला–जयबागेश्वरी–मित्रपार्कसहितको पशुपति क्षेत्रमा आज दिनभर यातायात प्रभावित हुने भएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिएको छ।
महाशाखाका अनुसार मालवाहक सवारी साधनाहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ।सवारी साधन पार्किङको लागि ६ स्थानमा पार्किङको व्यवस्था गरेको छ । सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।
बस तथा माईक्रोबसहरू आज रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने भने रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने।
माइक्रोबस तथा टेम्पोहरू सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र शालिक, कृष्ण पाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुदैं हुदैं रत्नपार्क फिर्ता हुने।
जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै रत्नपार्क फिर्ता हुने।




