images
images

पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला


  • 243
    SHARES
  • २०७९ फाल्गुण ६ गते शनिबार

    पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

    काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

    जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि १ घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन ५ हजार सुरक्षाकर्मी र ४ हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । 

    पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ ।


    images
    images

    Logo