काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८४ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ३० पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ६२ पैसा रहेको छ ।
