images
images

राष्ट्रपतिद्धारा ३८१ कैदी बन्दीको कैद माफी मिनाहा 


  • 304
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    राष्ट्रपतिद्धारा ३८१ कैदी बन्दीको कैद माफी मिनाहा 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ८१ कैदी बन्दीको कैद माफी मिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २७६ बमोजिम माफी मिनाहाको निर्णय गरेकी हुन् । 

    राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्को  बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ (तीन सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । 

    नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ ।’  

    2-कैद-सजाय-माफी_विज्ञप्ति_2079-11-7-1489x2048.jpg


    images
    images

    Logo