images
images

इकाई निष्काशनको लागि २ म्युचुअल फण्डले पाए बोर्डको अनुमति


  • 354
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    इकाई निष्काशनको लागि २ म्युचुअल फण्डले पाए बोर्डको अनुमति

    काठमाडौं । इकाई निष्काशनको लागि २ म्युचुअल फण्डले नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । शुक्रवार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ र कुमारी सुनौलो योजनाले इकाई निष्काशन गर्न सेबोनबाट अनुमति पाएका हुन् ।

    सिद्धार्थ इन्भेष्टमेन्ट फण्डले १० रुपैयाँ अंकित दरका कुल १२ करोड बराबरको इकाई विक्री गर्न अनुमति पाएको छ । उक्त फयडको कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    त्यस्तै, कुमारी सुनौलो योजनाले १० रुपैयाँ अंकित दरका कुल १० करोड बराबरको इकाई विक्री गर्न बोर्डको अनुमति पाएको छ । सो फण्डको कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo