काठमाडौं । धितोपत्र दलाल व्यसायी (बोक्रर)ले अव शाखा खोल्दा प्रति शाखा चुक्तापुँजी १ करोड ५० लाख रुपैयाँ हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यसायी शाखा कार्यालय खोल्ने निर्देशिका २०७९ सार्वजनिक गर्दै बोक्ररहरुलाई शाखा खोल्ने बाटो खुलाइदिएको हो ।
बोक्रेरले जसअनुसार ब्रोकरले शाखा कार्यालय खोल्दा प्रतिशाखा १ करोड ५० लाख रुपैयाँका दरले चुक्ता पुँजी कायम गर्नु पर्नेछ । तर ब्रोकरको मुख्य कार्यालय रहेको जिल्लामा अर्को शाखा कार्यालय खोल्न स्वीकृति नदिइने व्यवस्था छ ।
त्यस्तै, नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्नेछ । ब्रोकरले काठमाडौं उपत्यका बाहिर कम्तिमा तीनवटा शाखा खोले पछिमात्र काठमाडौं उपत्यकाभित्र शाखा खोल्न पाउने छन् ।
त्यस्तै, शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ भने चुक्ता पुँजीभन्दा बढी हुनु पर्नेछ । त्यस्तै, बोक्ररले स्वीकृति पाएको मितिले ३ महिनाभित्र शाखा कार्यालय खोली सञ्चालनमा ल्याउनुपर्नेछ । शाखा कार्यालय सञ्चालन गर्नुपूर्व कम्तिमा सात दिन अगाडि बोर्डलाई जानकारी गराउनुपर्नेछ ।



