images
images

१३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ 


  • 348
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    १३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि २  अर्ब २३ करोड ३२ लाखको करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । जसमा ५ अर्बको नयाँ रहेको छ । त्यस्तै,  १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।

    उक्त ट्रेजरी विल २८ दिनको चैत ७ गते परिपक्क हुनेछ भने ९१ दिनको आगामी जेठ ९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको अगामी भदौ ५ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   


    images
    images

    Logo