काठमाडौं । माथिल्लो मेलुन खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले बुधवार बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले कुल २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ । उक्त आईपीओ निकाशन तथा विक्री प्रबन्धकमा कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।