images
images

नियम विपरीत शेयर राइड गर्ने १७ चालक कारबाहीमा


  • 284
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    नियम विपरीत शेयर राइड गर्ने १७ चालक कारबाहीमा

    काठमाडौं ।  प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् । 

    ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा  नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिए। 

    “कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्”, उनले भने, “इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।” ¬निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । उनले गुनासो आएका आधारमा कारबाही गरिएको बताए ।


    images
    images

    Logo